ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को इटालीविरुद्धको खेलको एक दिन अगाडि मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘मलाई लाग्छ, अब केही नेपाली खेलाडी आईपीएलका लागि चयन हुनेछन् ।’
मुम्बई — नेपाली टिमका कप्तान रोहित पौडेलले मंगलबार वानखेडे स्टेडियममा रहेको बालासाहेब स्टेडियमको प्रेस रुममा आए र दाबी गरे, प्रदर्शन र योग्यताको आधारमा नेपाली खेलाडी इन्डियन प्रिमियर लिग (एनपीएल) खेल्न सक्षममा छन् ।
ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को इटालीविरुद्धको खेलको एक दिन अगाडि मिडियासामु प्रस्तुत हुने क्रममा उनले भने, ‘मलाई लाग्छ, अब केही नेपाली खेलाडी आईपीएलका लागि चयन हुनेछन् ।’
इंग्ल्यान्डविरुद्धको पछिल्लो खेलमा नेपालको सानदार प्रदर्शनपछि सबैको ध्यान नेपाली टिममा परेको पनि उनले बताए । उनको भनाइ थियो, ‘दुई वर्ष अगाडि विश्वकपमै हामी दक्षिण अफ्रिकाविरुद्ध जितको निकै नजिक थियौं । अहिले इंग्ल्यान्डविरुद्ध त्यस्तै स्थिति रह्यो । मलाई लाग्छ, यी दुवै खेलले विश्व क्रिकेटमा नेपाली क्रिकेटको साख बढाउन मद्दत गरेको छ । यी दुवै खेलले हामी चर्चामा रह्यौं ।’
यति भन्दाभन्दै उनले नेपाली क्रिकेटले माथिल्लो स्तरमा अन्तर्राष्ट्रिय त्रिकेटमा अपेक्षाअनुसार बढी मौका नपाएको पनि गुनासो पोखे । उनको तर्क थियो, ‘पछिल्लो विश्वकपयता हामीले वेस्ट इन्डिजविरुद्ध मात्र खेल्न पायौं । यो नै टेस्ट टिमविरुद्धको एक मात्र सिरिज रह्यो । हामी चाहन्छौं, बढीभन्दा बढी अवसर । हामी के माग गर्छौ भने अबका दिन धेरै होइन्, कम्तीमा प्रत्येक वर्ष केही सिरिज टेस्ट टिमविरुद्ध पनि हो ।’
उनले इंग्ल्यान्ड र अस्ट्रेलिया जस्ता ठूला टिमलाई काठमाडौंमा स्वागत रहेको पनि बताए । उनले भने, ‘मलाई के लाग्छ भने यी ठूलो टिम नेपाल आउने छ भने त्यसको धेरै अर्थ हुनेछ ।’
उनले इंग्ल्यान्डविरुद्धको खेलपछि आफ्नो टिम र खेलाडीमा आत्मविश्वास बढेको दाबी गर्दै इटालीविरुद्ध यस्तै राम्रो प्रदर्शन आवश्यक रहेको बताए । उनले भने, ‘इटाली पनि राम्रो टिम हो, उसले पछिल्लो समय केही राम्रो क्रिकेट खेलिरहेको छ ।’
