प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
काठमाडौँ — सीतापाइला तेक्वान्दो डोजाङले नागार्जुन नगरपालिकाको सहयोगमा नागार्जुन उपमेयर कप १२ औं सीतापाइला काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता फागुन २८ देखि हुनेछ ।
प्रतियोगितामा ४० डोजाङका करिब ६ सय खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख प्रशिक्षक एवं अध्यक्ष बब्लु सिवाकोटीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए । ग्योरोगीमा चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर तथा पुम्सेमा क्याडेट, जुनियर र सिनियरमा गरी २८ स्वर्णका लागि भिडन्त हुनेछ ।
टिममा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही १० हजारबाट पुरस्कृत गरिने छ । अनुमानित २० लाख खर्च लाग्ने तीनदिने प्रतियोगिताका खेल खोपाटोलमा खेलाइने छ ।
हरेक स्पर्धाका स्वर्ण विजेतालाई बाफलस्थित हृदय निकेतनले प्लस टु अध्ययन गर्न पूर्ण छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । त्यसका लागि अध्यक्ष सिवाकोटी र हृदय निकेतनका प्रिन्सिपल करणसिंह गोयलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
अध्यक्ष सिवाकोटीले सीतापाइला डोजाङका खेलाडीलाई अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामाभाग लिँदा लेजिड ब्रडर्सले सहयोग गर्ने जानकारी गराए ।
