यो जितपछि रोमाको २४ खेलबाट ४६ अंक भएको छ र पाँचौं स्थानमा छ । इन्टर मिलान ५८ अंकमा शीर्ष स्थानमा छ ।
काठमाडौँ — डोनयेल मालेनले प्रत्येक हाफमा गरेको एक एक गोलको मदतले एएस रोमाले इटालीको सिरी ए मा सोमबार कागलिरीलाई २–० ले हराएको छ ।
उनले २५ औं मिनेटमा पहिलो गोल गरेपछि ६५ औं मिनेटमा दोस्रो गोल थपे ।
यो जितपछि रोमाको २४ खेलबाट ४६ अंक भएको छ र पाँचौं स्थानमा छ । इन्टर मिलान ५८ अंकमा शीर्ष स्थानमा छ । उसको पछाडि एसी मिलान ५०, नेपोली ४९ र युभेन्ट्स ४६ अंक रहेका छन् ।
एक समय उपाधि होडमा रहेको रोमा केही खराव नतिजापछि कमजोर बनेको हो । पराजित कागलिरी भने २८ अंकमा १२ औं स्थानमा छ ।
