भ्याली पब्लिक र फेरिल्यान्ड बास्केटबल च्याम्पियन

भ्याली पब्लिक ब्वाइज र फेरिल्यान्ड गर्ल्समा च्याम्पियन बने ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Valley Public and Ferryland Basketball Champions

काठमाडौँ — भ्याली पब्लिक र फेरिल्यान्डस्कुलले दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । भ्याली पब्लिक ब्वाइज र फेरिल्यान्ड गर्ल्समा च्याम्पियन बने ।

ब्वाइजको फाइनलमा भ्याली पब्लिकले डाफोडिललाई ५६–४० स्कोरले पराजित गर्‍यो । भ्यालीका अशोक बिकले २१ स्कोर जोडे ।

आयोजक ज्ञान संस्कार स्कुलको कोर्टमा भएको गर्ल्सको फाइनलमा फेरिल्यान्डले भ्याली पब्लिकलाई ३०–२५ ले हरायो । फेरिल्यान्डकी सन्दीपा राईले १७ स्कोर गरिन् । दुवै समूहको विजेताले १५ हजार र उपविजेताले १० हजार पुरस्कार प्राप्त गरे ।

Valley Public and Ferryland Basketball Championsब्वाइजमा भ्याली पब्लिकका रिहान शेरचन र गर्ल्समा फेरिल्यान्डकी खुश्बु मगर मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । ब्वाइजमा भ्याली पब्लिकका आर्यन गुरुङ र गर्ल्समा भ्याली पब्लिककै सोनीमाया तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । ब्वाइजमा डाफोडिलका काल्साङ तामाङ र गर्ल्समा फेरिल्यान्डकी फु ल्हामु लामा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता रहे ।

ब्वाइजमा रोजमेरी र गर्ल्समा बागमतीले अनुशासित टिमको उपाधि हात पारे । ब्वाइजमा क्यानभास वसन्त ऋतु र गर्ल्समा ज्ञान संस्कार उदीयमान टिम बने ।

विजेतालाई राष्ट्रिय पुरुष बास्केटबल टोलीका कप्तान सदीश प्रधान, ज्ञान संस्कारकी प्रिन्सिपल निलम बानियाँर फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले पुरस्कृत गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully