स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ५४ बलमा ८४ रन बनाए ।
मुम्बई — स्कटल्यान्डले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा सोमबार समूह ‘सी’ को खेलमा इटालीसामु २ सय ८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कोलकाताको इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले चार विकेटको क्षतिमा २ सय ७ रन बनाएको हो ।
प्रतियोगिता सुरु हुन केही दिन अगाडि मात्र अन्तिम क्षणमा प्रवेश पाएको स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ५४ बलमा ८४ रन बनाए । उनले १३ चौका र दुई छक्का प्रहार गरे । अर्का ओपनर माइकल जोन्सले ३० बलमा ३७ रन जोडे ।
उनीहरूले पहिलो विकेटका लागि १ सय २६ रनको ठोस साझेदारी गरे । नटआउट ब्याटरमध्ये ब्रान्डन म्याककलनेले ४१ रन जोडे ।
विश्वकपमा डेब्यु गरिरहेको इटालीका लागि ग्रान्ट स्टेवार्टले मुन्सीको बहुमूल्य विकेट लिए र उनलाई शतक बनाउनबाट रोके ।
