कोशी प्रदेशलाई बहिरा फुटबलको उपाधि

सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा कोशीले बागमती प्रदेश (ख) लाई ३–१ ले पराजित गरेको थियो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Koshi Province wins deaf football title

काठमाडौँ — काठमाडौं (कास)– कोशी प्रदेशले विकास सिल्ड राष्ट्रिय बहिरा फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा कोशीले बागमती प्रदेश (ख) लाई ३–१ ले पराजित गरेको थियो ।

विजेताका नीरज श्रेष्ठले दुई र रोहन खड्काले एक गोल गरेका थिए । २–० ले पछाडि परेको अवस्थामा बागमतीबाट कप्तान सञ्जित श्रेष्ठले एक गोल फर्काए । कोशीले ट्रफीसँगै ५० हजार र बागमतीले ४० हजार रुपैयाँ पुरस्कार पाए । 

Koshi Province wins deaf football titleत्यस्तै बागमती प्रदेश (क) लाई पेनाल्टी शुटआउटमा ३–२ ले हराएर सुदूरपश्चिम प्रदेशले तेस्रो स्थान हासिल गर्‍यो । निर्धारित ६० मिनेटको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी शुटआउटबाट गरिएको थियो । सुदूरपश्चिमले ट्रफीसहित ३० हजार पायो । विजेता टोलीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पुरस्कार प्रदान गरे ।

Koshi Province wins deaf football titleश्रवणशक्ति नभएका व्यक्तिले पनि फुटबल खेल्न सक्छ र अपांगता खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले सुन्दरढोका साथीसेवाले राष्ट्रियस्तरमै पहिलो पटक बहिरा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

समाजमा बहिरा व्यक्तिहरूलाई हेरिने दृष्टिकोणलाई परिवर्तन गर्न पनि प्रतियोगिताले भूमिका खेल्ने विश्वास लिइएको हो ।   

कान्तिपुर

Link copied successfully