डेब्युमा इटाली स्कटल्यान्डसँग पराजित 

इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले चार विकेटको क्षतिमा २ सय ७ रन बनाएको हो ।

माघ २६, २०८२

कान्तिपुर संवाददाता

Italy loses to Scotland on debut

मुम्बई — ट्वान्टी-२० विश्वकप २०२६ मा स्कटल्यान्डले सोमबार डेब्यु गरिरहेको इटालीलाई ७३ रनले पराजित गरेको छ । जितका लागि २ सय ८ रन पछ्याएको इटाली १६.४ ओभरमा १ सय ३४ रन बनाएर अलआउट भयो ।

स्कटल्यान्डका लागि माइकल लिस्कले १७ रनले चार विकेट लिए । इटालीका लागि बेन्च बेनेटीले बनाएको ५२ रन सर्वाधिक ठूलो स्कोर रह्यो । त्यस अगाडि इडेन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले चार विकेटको क्षतिमा २ सय ७ रन बनाएको हो ।

प्रतियोगिता सुरु हुन केही दिन अगाडि मात्र अन्तिम क्षणमा प्रवेश पाएको स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्सीले ५४ बलमा ८४ रन बनाए । उनले १३ चौका र दुई छक्का प्रहार गरे । अर्का ओपनर माइकल जोन्सले ३० बलमा ३७ रन जोडे ।

उनीहरूले पहिलो विकेटका लागि १ सय २६ रनको ठोस साझेदारी गरे । नटआउट ब्याटरमध्ये ब्रान्डन म्याककलनेले ४१ रन जोडे । विश्वकपमा डेब्यु गरिरहेको इटालीका लागि ग्रान्ट स्टेवार्टले मुन्सीको बहुमूल्य विकेट लिए र उनलाई शतक बनाउनबाट रोके ।

कान्तिपुर संवाददाता

Link copied successfully