त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा प्रतियोगिता फागुन १ देखि ९ सम्म नकआउटका आधारमा हुनेछ ।
काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले उदयपुरमा हुने एन्फा वुमेन्स च्याम्पियनसिप फुटबलको तयारी पूरा जनाएको छ ।
त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा प्रतियोगिता फागुन १ देखि ९ सम्म नकआउटका आधारमा हुनेछ । आयोजक एन्फाले सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।
प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड, एनआरटी, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, संकटा क्लब, एफसी रियाले, आरएस रिसोर्ट एन्ड विच फुटबल, गाईघाट एफसी, छहारी एफसी गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ७ लाख ५० हजार र उपविजेताले ५ लाख रुपैयाँ जित्नेछन् । फेयर प्ले टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले जनही ५० हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको बतााइएको छ । सबै खेल खेलाडी डटकमको युट्युब र फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ ।
उद्घाटन खेलमा गाइघाई एफसी र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो दिन नेपाल पुलिस र एफसी रियालेले खेल्नेछ ।
