राजन, सन्तोषी र गजिन्द्र च्याम्पियन

शनिबार राजधानीमा आयोजित म्याराथनमा राजनले निर्धारित दुरी २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी उपाधि जिते ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Rajan, Santoshi and Gajindra are champions

काठमाडौँ — राजन रोकायले ११ औं प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् । 

शनिबार राजधानीमा आयोजित म्याराथनमा राजनले निर्धारित दुरी २ घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी उपाधि जिते । उनलाई पछ्याएका अर्का आर्मीका धावक खड्गबहादुर खड्काले दोस्रो भए । उनले २ घण्टा १७ मिनेट ११ सेकेन्डमा दौड पूरा गरे ।

आर्मीकै धावक सुशीलकुमार शालीले २ घण्टा १८ मिनेट २७ सेकेन्डबाट तेस्रो भए । लगातार प्रतियोगिता उपाधि जितिरहेका राजनले यामाहाको मोटरसाइकलसहित ३ लाख रुपैयाँ पुरस्कार पाए । खड्गले २ लाख र सुशीलले १ लाख पुरस्कार पाए । 

खुला हाफ म्याराथनको पुरुषतर्फ आर्मीका गजिन्द्र राईले निर्धारित दूरी १ घण्टा ४ मिनेट ४५ सेकेन्डमा पूरा गरी उपाधि जिते । महिलातर्फ धादिङकी धाविका सन्तोषी श्रेष्ठले १ घण्टा १४ मिनेट ३१ सेकेन्डबाट उपाधि जितिन् ।

दुवैले मोटरसाइकलसहित १ लाख रुपैयाँ पुरस्कार पाए । पुरुषमा आर्मीका नरेन्द्र रावल र अर्जुन बुढा तथा महिलातर्फ आर्मीकै निशा सार्की र निर्मला केसी क्रमशः दोस्रा र तेस्रा भए । दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पुरस्कार पाए । ‘बलियो एकता, सुरक्षित राष्ट्र’ नाराका साथ नेपाली सेनाले म्याराथन आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully