पासाङको गोलमा खुम्जुङ विजयी

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुम्जुङले खुम्बु याङबु शेर्पा समाजलाई १–० गोलले पराजित गर्‍यो । प्लेयर अफ द म्याच पासाङ शेर्पाले निर्णायक गोल गरे ।

माघ २५, २०८२

कान्तिपुर संवाददाता

Khumjung wins on Pasang's goal

काठमाडौँ — खुम्जुङ युथ क्लब, नाम्चे युथ क्लब र खुम्बु युनाइटेड क्लब आइतबार १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा विजयी भएका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खुम्जुङले खुम्बु याङबु शेर्पा समाजलाई १–० गोलले पराजित गर्‍यो । प्लेयर अफ द म्याच पासाङ शेर्पाले निर्णायक गोल गरे ।

महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराकको आयोजनामा भइरहेको प्रतियोगितामा नाम्चेले ठमिछेवा फुटबल टिमलाई २–० गोलले हरायो । नाम्चेका विशाल मगर र सुदीप राईले गोल गरे । नाम्चेका तेन्जिङ फुन्सोक शेर्पा प्लेयर अफ द म्याच घोषित भए ।

अन्तिम खेलमा खुम्बुले आमादब्लम युथ क्लब २–१ गोलले पाखा लगायो । खुम्बुका प्लेयर अफ द म्याच मिङ्मा राजभण्डारी र तेन्जिङ डेविड शेर्पाले १–१ गोल गरे । आमादब्लमका आम्बेले १ गोल फर्काए ।

१४ पिक्स एक्सपेडिसन प्रालिको मुख्य प्रायोजन तथा हेली एभरेस्ट प्रालि र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार खुन्डे कम्युनिटी क्लब र खुम्बु याङबु शेर्पा समाज तथा आयोजक मञ्च र खुम्जुङ युथ क्लब भिड्नेछन् । 

कान्तिपुर

Link copied successfully