ज्ञान संस्कार स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम हिमालयलाई ३५–३० स्कोरले पराजित गर्यो । भ्यालीका अशोक विकले ११ स्कोर गरे ।
काठमाडौँ — भ्याली पब्लिक र डाफोडिल दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार सेमिफाइनलमा पुगेका छन् ।
ज्ञान संस्कार स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा भ्याली पब्लिकले किङडम हिमालयलाई ३५–३० स्कोरले पराजित गर्यो । भ्यालीका अशोक विकले ११ स्कोर गरे । काल्साङ तामाङको १८ स्कोरमा डाफोडिलले पारामाउन्ट एकेडेमीलाई ४१–३७ ले हरायो ।
ब्वाइजमै सेबले न्युटनलाई ३७–३१ ले हरायो । सेबका अंश श्रेष्ठले ७ स्कोर बटुले । सेमिफाइनलमा सेबको भेट भ्याली पब्लिकसग हुनेछ भने ड्याफोडिलले आयोजक जेबी स्कुल विरुद्ध खेल्ने छ ।
गर्ल्समा भ्याली पब्लिकले टीआईएलाई २७–१५, बागमतीले क्यानभास वसन्त ऋतुलाई २५–२१, न्युटनले ग्रिनल्यान्डलाई २०–१७ र फेरिल्यान्ड स्कुलले काठमाडौं भ्यालीलाई २७–१७ ले हराएर सेमिफाइनल यात्रा तय गरे ।
भ्याली पब्लिककी सपना गिरीले ७, बागमतीकी रेश्मिता पाखरेलले १०, न्युटनकी इरनी रानामगरले ११ र फेरिल्यान्डकी करुणा बोगटीले १२ स्कोर गरे । सेमिफाइनल भ्याली पब्लिक र न्युटन तथा फेरिल्यान्डले बागमतीबीच हुनेछ ।
