ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सेकेन्ड लगाए ।
काठमाडौँ — केभीआर समिट च्यालेन्जअन्तर्गत तेस्रो संस्करणको पाँचौं तथा अन्तिम चरणको दौडमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ एनी माइ बान विजेता भएको छन् ।
ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २० किलोमिटरको रेसमा लोकेन्द्रले एक घन्टा ४१ मिनेट ४ सेकेन्ड लगाए । चौथो चरणमा उनी दोस्रो स्थानमा थिए । पछिल्लो संस्करणको विजेता मिलन कुलुङ राई भने एक घन्टा ४३ मिनेट र २७ सेकेन्डसहित दोस्रो भए । दीपक अमात्यले (१:५८:२३ सेकेन्ड) तेस्रो स्थान भए ।
महिलातर्फ चौथो चरण विजेता सोनिया मार्टिनलाई पछाडि पारेर एनीले उपाधि जितिन् । एनीले २ घन्टा १७ मिनेट ५७ सेकेन्डमा दुरी पुरा गरिन् । सोनिया (२:२३:२८ सेकेन्ड) ले दोस्रो स्थानमा रहिन् । नेपालकी छिरिङ ओङ्मु शेर्पा (२:३२:३० सेकेन्ड) तेस्रो भइन् ।
१० किमि दौडमा पुरुषतर्फ छिरिङ टासी ह्योल्मो (१:१२:१६ सेकेन्ड) पहिलो, प्रेमबहादुर सुनुवार (१:१४:४४ सेकेन्ड) दोस्रो र तिलविक्रम साम्बाहाङगे (१:१६:०९ सेकेन्ड) तेस्रो स्थानमा रहे । महिलातर्फ अनाबेल ग्रोन्तुनले एक घन्टा २१ मिनेट ५० सेकेन्ड लगाएर पहिलो स्थान हात पारिन् । मार्गउस टेस्टन (१:३५:३२ सेकेन्ड) दोस्रो र मुना लिम्बु (१:३९:१४ सेकेन्ड) तेस्रो स्थानमा रहे ।
राजधानीमा भएको प्रतियोगितामा स्वदेशी र विदेशी गरी ९४ धावक धाविकाले सहभागिता जनाएका थिए । विजेतालाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि नीरज श्रेष्ठ र नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उपनिर्देशक राजेन्द्र तुलाधरले पुरस्कार प्रदान गरे ।
