खुम्बु ल्होसार कप फुटबल सुरु

आयोजक मञ्चका पासाङ ग्याल्जेन शेर्पा प्लेयर अफ द म्याच घोषित भए । उनले गोल गरेका थिए । प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गरे ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

Khumbu Lhosar Cup football begins

काठमाडौँ — सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार सुरु १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता आयोजक महेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च फराक र खुन्डे कम्युनिटी क्लबले १–१ गोलको बराबरी खेलेको छ ।

आयोजक मञ्चका पासाङ ग्याल्जेन शेर्पा प्लेयर अफ द म्याच घोषित भए । उनले गोल गरेका थिए । प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गरे । आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिता आयोजना गर्न प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्नेप्रति आभार व्यक्त गरे ।

आयोजक मञ्चका महासचिव पेम्बा छिरी प्रतियोगिताले शेर्पाहरू हिमाल आरोहणमा मात्र नभई खेल क्षेत्रमा पनि अब्बल छन् भन्ने सन्देश दिन सफल भएको बताए ।

लिगकम नकआउट प्रतियोगितामा आयोजकको एकसहित ८ टिम सहभागी छन् । नयाँ वर्ष ग्याल्बो ल्होसारको पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउापालिकाका विभिन्न गाउामा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाले जाडोयामको फुर्सदिलो समय सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारका अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए ।

कान्तिपुर

Link copied successfully