सम्हालिएको भारतको विजयी सुरुआत

नाटकीय ब्याटिङको सिकार बनेको भारतले ट्वान्टी–२० विश्वकप २०२६ मा अमेरिकालाई शनिबार २९ रनले पराजित गरेको छ ।

माघ २४, २०८२

कान्तिपुर संवाददाता

India's winning start is under control

मुम्बई — नाटकीय ब्याटिङको सिकार बनेको भारतले ट्वान्टी–२० विश्वकप २०२६ मा अमेरिकालाई शनिबार २९ रनले पराजित गरेको छ ।

वानखेडे स्टेडियममा जितका लागि १ सय ६२ रनको लक्ष्य पाएकोमा अमेरिकाले समूह 'ए'को खेलको जवाफमा आठ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । अमेरिकाको सुरुआत राम्रो रहेन । उसका लागि सञ्जय कृष्णमूर्तिले ३७ रन बनाए ।

यस्तै, शुभम रन्जनले पनि ३७ रन जोडे । मिलिन्द कुमारले ३४ रनको योगदान गरे । पहिले ब्याटिङको निम्तो पाएको भारतले कमजोर सुरुआतलाई ओझेलमा पार्दै नौ विकेटमा १ सय ६१ रन बनाएको थियो । भारतीय बलरमधये मोहम्मद सिराजले २९ रन खर्चेर तीन विकेट लिए । यस्तै, असरदीप सिंह र अक्षर पटेलले दुई दुई विकेट लिए ।

भारतले एक समय ७७ रन बनाउँदासम्म छ विकेट गुमाएर कमजोर स्थितिमा थियो । त्यहीँबाट कप्तान सूर्यकुमारले इनिङ्स सम्हाले र ४९ बलमा ८४ रन बनाए । त्यसमा दस चौका र चार छक्का सामेल थियो । भारतीय ब्याटिङ क्रमलाई ध्वस्त पार्न स्याड्ली भ्यान स्कालक्विकले प्रमुख भूमिका खेले । उनले २५ रन दिएर चार विकेट लिए । त्यसमध्ये एकै ओभारमा चार विकेटको प्रदर्शन पनि थियो ।

कान्तिपुर

Link copied successfully