जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झीनो स्कोरमा पराजित गर्यो । जेबीका गौरव ओलीले १० स्कोर जोडे । पहिलो खेलमा जेबीले स्कोलर्स होमलाई ३१–२५ ले हराएको थियो ।
काठमाडौँ — आयोजक जेबी स्कुल दोस्रो जेबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जेबीले पारामाउन्ट एकेडेमीलाई २०–१९ को झीनो स्कोरमा पराजित गर्यो । जेबीका गौरव ओलीले १० स्कोर जोडे । पहिलो खेलमा जेबीले स्कोलर्स होमलाई ३१–२५ ले हराएको थियो ।
जुनियर ब्वाइजमै ओएसिस एकेडेमीले आरम्भलाई २०–१० ले हरायो । ओएसिसका विनय डंगोलले ८ स्कोर गरे । दोस्रो खेलमा ओएसिसको पहिलो जित हो ।
सिनियर गर्ल्समा भ्याली पब्लिकले त्रिवेणीलाई ३८–२० ले पन्छायो । भ्याली पब्लिककी सेलिना गुरुङले १७ अंक जोडिन् । भ्याली पब्लिक क्वाटरफाइनलमा पुगेको छ भने लगातार दोस्रो हारसगै त्रिवेणी प्रतियोगिताबाट बाहिरिएको छ । त्यस्तै बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले सत्यसाइमाथि ३०–२० को जित दर्ता गर्यो । बीएनएकी आकृति यादवले ९ स्कोर गरिन् ।