साबिक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको क्वाटर फाइनलबाटै बाहिरियो

शनिबार भएको पहिलो क्वाटरफाइनलमा यसै वर्ष ए डिभिजनमा उक्लिएको काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडसँग २–० ले पराजित हुँदै एनआरटी बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

माघ २४, २०८२

अर्जुन सुवेदी

Defending champion NRT Budhasubba Gold Cup eliminated in quarterfinals

सुनसरी — तीन पटकको च्याम्पियन न्युरोड टिम एनआरटी २६ औं संस्करणको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलमा यसै वर्ष ए डिभिजनमा उक्लिएको काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेडसँग २–० ले पराजित हुँदै एनआरटी बुढासुब्बा गोल्डकपको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

धरान रंगशालामा भएको खेलमा प्लानिङ ब्वाइजका लागि बिदेसी खेलाडी केबे र श्याम मुर्मुले गोल गरे । केबेले खेलको ४३ र मुर्मुले ८६ औं मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ द म्याच प्लानिङ ब्वाइजका गोलकिपर योगेस धिमाल घोषित हुँदै नगद १० हजार पाए ।

प्लानिङ ब्वाइजले अब आगामी बुधबार हुने पहिलो सेमिफाइनलमा आयोजक धरान फुटबल क्लब र पोखराको लालीगुराँस एफसीबीचको बिजेतासँग प्रतिष्पर्धा गर्नेछ । आयोजक धरानले उद्घाटन खेलमा पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्दा लालिगुराँसले सिधै वाई पाएर अन्तिम आठको यात्रा तय गरेको थियो । 

आइतबार हुने दोस्रो क्वाटरफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबले गत बर्षको उपबिजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । 

यसअघि शुक्रबार भएोयल थिम्पु फुटबल क्लब भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको फाइनल खेल फागुन २ गते हुनेछ । फाइनल विजेता टोलीले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ५ लाख पुरस्कार पाउनेछ । 

अर्जुन

Link copied successfully