भारतविरुद्ध नखेल्ने निर्णय पुर्नविचार गर्न पाकिस्तानलाई श्रीलंका क्रिकेटको अनुरोध

श्रीलंकाली मिडियाका अनुसार अध्यक्ष सिल्भाले पाकिस्तान र भारतबीचको खेल आर्थिक रूपमा धेरै अर्थको भएको बताएका छन् ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Sri Lanka Cricket requests Pakistan to reconsider decision not to play against India

मुम्बई — श्रीलंका क्रिकेटका अध्यक्ष सामनी सिल्भाले पाकिस्तानी क्रिकेट बोर्डलाई पत्र लेख्दै ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा भारतविरुद्धको खेल बहिस्कार गर्ने निर्णयबारे पुर्नविचार गर्न अनुरोध गरेका छन् । 

प्रतियोगिताको समूह ए को फ्रेबवरी १५ मा हुने खेलमा पाकिस्तान र भारतबीच खेल हुने तालिका रहेको छ । पाकिस्तानी बोर्डले अहिलेसम्म आधिकारिक रूपमा भारतविरुद्धको खेल नखेल्ने भनेर भनेको छैन् ।

तर पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले बंगलादेशको समर्थन गर्दै भारतविरद्धको खेल नखेल्ने बताएका थिए । बंगलादेशले सुरक्षाको कारण देखाएर भारतमा नखेल्ने बताएपछि अन्तर्राष्ट्रिय काउन्सिल (आईसीसी) ले उसलाई प्रतियोगिताबाट हटाएको थियो । 

श्रीलंकाली मिडियाका अनुसार अध्यक्ष सिल्भाले पाकिस्तान र भारतबीचको खेल आर्थिक रूपमा धेरै अर्थको भएको बताएका छन् । अध्यक्ष सिल्भाले त्यो खेल भएन् भने त्यसले पाकिस्तानी क्रिकेटलाई ठूलो आर्थिक घाटा बेहोर्न बाध्य पार्ने धम्की पनि भएका छन् । 

पाकिस्तानले भारतविरुद्धको खेल नखेल्ने जनाएपछि श्रीलंका जाने हवाइ उडान र होटल बुकिङ एकपछि अर्को रद्द हुन थालेको बताइएको छ । पाकिस्तानी क्रिकेट अप्ठ्यारोमा पर्दा श्रीलंकाले सहयोग गरेको सम्झाउँदै अध्यक्ष सिल्भाले भारतविरुद्धको खेल हुने भए थप सुरक्षा व्यवस्था प्रदान गरिने बताएका छन् ।

कान्तिपुर

Link copied successfully