एक्सेल्सियर कपमा रेडियन्ट, रिब्स र स्वर्णिम च्याम्पियन

आयोजक दी एक्सेल्सियर स्कुलको कोर्टमा शुक्रबार सिनियर ब्वाइज फाइनलमा रेडियन्टले राराहिललाई ५८–४३ स्कोरले पराजित गर्‍यो । रेडियन्टका सुसनराज न्यौपानेले २७ स्कोर जोडे ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Radiant, Ribs and Golden Champion in Excelsior Cup

What you should know

काठमाडौँ — रेडियन्ट पब्लिक, रिब्स र स्वर्णिम १२ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा च्याम्पियन बनेका छन् । रेडियन्ट सिनियर ब्वाइज, रिब्स सिनियर गर्ल्स र स्वर्णिम यू–१२ गर्ल्समा विजेता भए ।

आयोजक दी एक्सेल्सियर स्कुलको कोर्टमा शुक्रबार सिनियर ब्वाइज फाइनलमा रेडियन्टले राराहिललाई ५८–४३ स्कोरले पराजित गर्‍यो । रेडियन्टका सुसनराज न्यौपानेले २७ स्कोर जोडे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा रिब्सले एक्सेल्सियरलाई २२–६ स्कोरले हरायो । रिब्सकी सुप्रिया मल्लले ८ स्कोर जोडिन् ।

यू–१२ गर्ल्स फाइनलमा स्वर्णिमले चाँदबागलाई ४–२ ले हरायो । स्वर्णिमका पलिस्था हाडाले २ स्कोर गरिन् । यो विधा पहिलो पटक एक्सेल्सियर कपमा समावेश गरिएको हो ।

फाइनलका सर्वाधिक स्कोरकर्तात्रय सुसन, सुप्रिया र पलिस्था ‘मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा ओरेकल रे, सिनियर गर्ल्समा ह्वाइटफिल्ड र यू–१२ गर्ल्समा युरो स्कुल उदीयमान टिम चुनिए । 

Radiant, Ribs and Golden Champion in Excelsior Cup 

काष्ठमण्डपलाई फुटसलमा दोहोरो उपाधि

एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा काष्ठमण्डप विद्यालयले दोहोरो उपाधि जितेको छ । काष्ठमण्डपले यू–९ र यू–१३ उमेर समूहमा उपाधि जित्यो । यू–९ को फाइनलमा काष्ठमण्डपले एक्सेल्सियरलाई २–१ गोलले पराजित गर्‍यो । काष्ठमण्डपको दुवै गोल अनय रेग्मीले गरे । एक्सेल्सियरका आरभ गौतमले १ गोल फर्काए ।

यू–१३ को फाइनलमा काष्ठमण्डपले एक्सेल्सियरलाई २–१ गोलले हरायो । सुजस्विन ओझा र सम्यम बुढाथोकीले गोल गरे । एक्सेल्सियरका तेन्जिङ गोले तामाङले एक गोल गरे । यू–११ मा जोन डेबीले उपाधि जित्यो । जोन डेवीले काष्ठमण्डपलाई ३–१ गोलले हराउँदा रोनिश खड्काले २ र प्रणम भण्डारीले १ गोल गरे । काष्ठमण्डपका शिभांकराज भट्टराईले १ गोल गरे ।

न्यु एरा एकेडेमीले रिब्सलाई २–१ गोलले हराएर यू–१६ को उपाधि जित्यो । न्यु एराका आयुश बरामले १ गोल गरे । १ गोल आत्मघाती थियो ।

काष्ठमण्डपका अनय रेग्मी, जोन डेबीका प्रणम भण्डारी, मा एक्सेल्सियरका तेन्जिङ गोले तामाङ र न्यु एराका पेम्बा तामाङ आफ्नो विधामा उत्कृष्ट खेलाडी घोषित भए ।

आ–आफ्नो विधामा काष्ठमण्डपका अक्षय पौडेल, जोन डेवीका मेल्भिन लामा, मा काष्ठमण्डपका सौर्य गौतम र न्यु एराका सुबरिना तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । कोहिनुर, अनमोल ज्योति, बालदीक्षा सदन र ह्वाइट हेभेन एकेडेमी आफ्नो विधामा उदीयमान टिम ठहरिए । चार उमेर समूहमा ५६ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई पूर्व सांसद गीता क्षेत्री, एक्सेल्सियरकी अध्यक्ष शीता राणालगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully