दिया पहारी, विशन थापा मगर र रिजन बुढा मगरले स्वर्ण पदक जितेका हुन् ।
काठमाडौँ — भारतको विशाखापट्टनममा भएको नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा वादोरियोका करातेका नेपाली खेलाडीले तीन स्वर्ण, दुई रजत र दुई कांस्य पदक जितेका छन् ।
प्रतियोगितामा दिया पहारी, विशन थापा मगर र रिजन बुढा मगरले स्वर्ण पदक जितेका थिए । शिशिर थापामगर र श्वेततारा गुरुङले रजत जितेका थिए । श्वेतताराले कातामा कांस्य जितेका थिए । अर्को एक कांस्य राजु बुढाथोकीले जितेका हुन् ।
नेपाल वादोरियो कराते डो संघका मुख्य प्रशिक्षक हरिशरण केसीको नेतृत्वमा गएको टोलीमा सागर काफ्लेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
पदक विजेता खेलाडीलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघका सदस्य राजकुमार कार्कीलगायत प्रशिक्षक तथा खेलाडीले स्वागत गरेका थिए ।
