पीएम कप छनोट : बाँके र बर्दियाको जित

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल मैदानमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् ।

माघ २१, २०८२

दीपेन्द्र बडुवाल

PM Cup qualifiers: Banke and Bardiya win

What you should know

भैरहवा — रूपन्देहीमा सञ्चालन भइरहेको प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय छनोटमा बुधबार बाँके र बर्दियाले जित हासिल गरेका छन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभलमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् । 

टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले ३९ ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन जोड्न सफल भयो । बर्दियाका केशव विष्ट अविजित ९४ र सुमित श्रेष्ठले ६६ रन जोडे । हर्षल भण्डारीले ३० र नितेश न्यौपानेले १४ रन बनाए । पाल्पाका केशव परई, नरबहादुर सार्की, रूपेश बस्याल र थानेश्वर भट्टराईले समान १–१ विकेट लिए ।

जवाफमा पाल्पा ३५ ओभर २ बलमा १ सय ४० रनमै  समेटियो । पाल्पाका नरबहादुर सार्कीले ४४, रूपेश बस्यालले १५ र कुशल ढकालले १४ रन बनाए । बर्दियाका निर्मल गुरुङले ३ तथा निखिल खत्रीले २ विकेट लिए । अर्को खेलमा पहिले व्याटिङ गरेको नवलपरासीले २९ ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन जोड्यो । नवलपरासीका रन्जितकुमार खत्रीले ५४, सम्राट भुसालले ३९, ड्रस सुनारले अविजित ३६ र जितेन्द्र केवटले १४ रन बनाए । बाँकेका सलाउद्दिन खानले ३, लभकुश यादवले २ तथा सिद्धान्तराज शाहीले १ विकेट लिए ।

जवाफमा बाँकेले २५ ओभर १ बल खेल्दै ४ विकेट गुमाएर १ सय ६८ रन बनाएर जित निकाल्यो । बाँकेका मोहम्मद सदाब अन्सारीले अविजित ७४ रन, सलाउद्दिन खानले अविजित ६३ रन बटुले । बलिङमा नवलपरासीका राजेन्द्रकुमार बम र जितेन्द्र केवटले समान २–२ विकेट हात पारे ।

दीपेन्द्र

Link copied successfully