कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड

डब्लूटीले यूएईको फुजैराहमा भएको वर्ल्ड तेक्वान्दो गाला अवार्ड समारोहमा लामालाई उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्रदान गरेको थियो ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Kaviraj wins World Taekwondo's Best Para Coach Award

काठमाडौँ — नेपालका पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले विश्व तेक्वान्दो (डब्लूटी) को वर्ष २०२५ को उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्राप्त गरेका छन् ।

 डब्लूटीले यूएईको फुजैराहमा सोमबार भएको वर्ल्ड तेक्वान्दो गाला अवार्ड समारोहमा लामालाई उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षक अवार्ड प्रदान गरेको थियो । 

नेपाल तेक्वान्दो संघमा सन् २०१५ देखि राष्ट्रिय पारा तेक्वान्दो टोलीको प्रशिक्षक रहेका लामाले नेपालका लागि अन्तर्राष्ट्रिय अफिसियलस्तरको १३ पदक दिलाएका छन् । लामाको प्रशिक्षणमा नेपालले पारालिम्पिकदेखि एसियाली पारा खेलकुदलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण, २ रजत र ८ कांस्य पदक जितेको छ । लामाकै प्रशिक्षणमा पलेशा गोवर्द्धनले २०२४ को पेरिस पारालिम्पिकमा पदक जितेकी थिइन् । 

लामाले प्राप्त गरेको अवार्डले अन्तर्राष्ट्रिय जगत्मा नेपाल र नेपालीको पहिचान अझ उच्च भएको र आगामी पुस्ताका खेलाडी तथा प्रशिक्षकलाई प्रेरणाका रूपमा समेत रहने नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

कान्तिपुर

Link copied successfully