साफ यू–१९ महिला च्याम्पियनसिप: बंगलादेशद्वारा भारत २–० ले पराजित

बंगलादेशको जितमा कप्तान अर्पिता विश्वास र अल्पी अख्तरले एक–एक गोल गरे ।

माघ १९, २०८२

दीपक परियार

SAFF U-19 Women's Championship: Bangladesh defeats India 2-0

What you should know

पोखरा — पोखरा रंगशालामा जारी साफ यू–१९ महिला च्याम्पियनसिप २०२६ अन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले भारतमाथि २–० को सहज जित दर्ता गरेको छ ।

 बंगलादेशको जितमा कप्तान अर्पिता विश्वास र अल्पी अख्तरले एक–एक गोल गरे । खेलकोसुरुदेखि नै आक्रामक देखिएको बंगलादेशले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको २९ औं मिनेटमा अर्पिता विश्वास अर्पिताले गोल गर्दै बंगलादेशलाई १–० को अग्रता दिलाइन् ।

त्यसपछि ४०औं मिनेटमा अल्पी अख्तरले अर्को गोल थप्दै टोलीलाई सहज अवस्थामा पुर्‍याइन् । पहिलो हाफ २–० ले सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन सकेन ।

भारतलेदोस्रो हाफको सुरुआतमै खेलाडी परिवर्तन गर्दै प्रितिका बर्मनको स्थानमा ४६औं मिनेटमा अनुस्का कुमारीलाई मैदान छिरायो । यसअघि बंगलादेशले पनि ३७ औंमिनेटमै दोहोरो परिवर्तन गरेको थियो । बंगलादेशका गोलरक्षक र डिफेन्स लाइनमजबुत देखिए ।

बंगलादेशका मुख्य प्रशिक्षक पिटर जेम्स बटलरले टोलीलाई सन्तुलित रुपमा मैदान उतारेका थिए भने भारतकी मुख्य प्रशिक्षक पामेला कोन्टीले दोस्रो हाफमा थुप्रै खेलाडी परिवर्तन गरे पनि गोल फर्काउन पर्याप्त रहेन । भारतका लागि जुलन नोङमैथेमले टोलीको कप्तानी गरेकी थिइन् ।

यसजितसँगै बंगलादेशले समूह चरणको खेलमा ६ अंक जोडेको छ । यसअघि साविक विजेताबंगलादेशले शनिबार भुटानलाई १२–० ले हराएको थियो । शनिबार नै भारतले नेपाललाई १–० ले हराएर ३ अंक जोडेको छ ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully