कोशी प्रदेशले ३ नयाँ क्रिकेटरलाई छात्रवृति दिने

कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र पूर्व अन्तर्राष्ट्रिय खेलाडी यशवन्त सुवेदीबीच २ वर्षका लागि सम्झौता भएको हो ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Koshi Province to provide scholarships to 3 new cricketers

काठमाडौँ — कोशी प्रदेशले ३ क्रिकेट खेलाडीलाई छात्रवृति प्रदान गर्ने भएको छ ।

नेपालबाट उमेर समूहमा अन्तर्राष्ट्रिय क्रिकेट खेलेका यशवन्त सुवेदीको आर्थिक सहयोगमा कोशी प्रादेशीक क्रिकेट संघले यो छात्रवृति प्रदान गर्ने भएको हो । 

सिनियर राष्ट्रिय प्रतियोगिता खेलेका पुरुष र महिला दुई उत्कृष्ट खेलाडीलाई जनही मासिक ३ हजार र उदाउँदा एक उमेर समूहका खेलाडीलाई मासिक २ हजार प्रदान गरिने गरि सम्झौता भएको कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले जनाए । त्यसका लागि ३ सदस्यीय छनोट समिति बनाइने भएको पाण्डेले बताए । 

यसका लागि कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष पाण्डे र पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुवेदी बीच २ वर्षका लागि सम्झौता भएको छ । कोशी प्रादेशीक क्रिकेट संघका अध्यक्ष पाण्डेले क्यान र प्रदेश बाहिरको सम्झौतामा नरहेका खेलाडीलाई यो अवसर प्रदान गरिने जनाए । 

‘म आफैं यो क्षेत्रको प्रतिनिधित्व गर्दै उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेले, त्यसैले मलाई यसको महत्त्व कति हुन्छ थाहा छ, खेलाडीले निकै सर्घष गर्नुपर्छ,’ सम्झौतापछि यशवन्तले भने, ‘यो ठूलो रकम होइन, प्रोत्साहन रकम हो । यसको मुख्य उद्देश्य उदाउँदो प्रतिभालाई सहयोग, प्रोत्साहन र हौसला प्रदान गर्नु हो ।’

हाल अस्ट्रेलियामा बस्दै आएका यशवन्तले नेपालबाट २००२, २००४ र २००६ को गरि तीन आईसीसी यू–१९ विश्वकप खेलेका थिए । 

कान्तिपुर

Link copied successfully