आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा शनिबार यु–१७ ब्वाइज सिंगल्सको फाइनलमा सौर्यले आर्मीकै प्रतीक विष्टलाई ११–२१, २१–१७, २१–११ को सोझो सेटमा पराजित गरे ।
काठमाडौँ — आर्मीका सौर्य महर्जन चौथो यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन भएका छन् ।
जक नखिपोट युथ क्लबको कभर्डहलमा शनिबार यु–१७ ब्वाइज सिंगल्सको फाइनलमा सौर्यले आर्मीकै प्रतीक विष्टलाई ११–२१, २१–१७, २१–११ को सोझो सेटमा पराजित गरे ।
महिला डबल्समा कास्कीका दिलाशा राना र तिलमाया रानाको जोडी विजेता भयो । यो जोडीले फाइनलमा एपीएफकी नविना राई र आयोजक नखिपोट युथ क्लबकी निसमहाङ्मा सुब्बाको जोडीलाई २१–१९, २३–२१ को सोझो सेटमा हरायो ।
पुरुष डबल्स क्याटगोरी ‘ए’ फाइनलमा आर्मीका विधान अधिकारी र प्रवीण लिङथेपको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र लक्ष्मण मल्ल ठकुरीको जोडीलाई २१–१६, २१–१४ ले हरायो ।
पुरुष डबल्स क्याटगोरी ‘बी’ मा उत्सव सप्लायर्स चितवनका विधान गुरुङ र एनवाईसीका जोन जसराजको जोडीले स्वर्ण जित्यो । यस जोडीले फाइनलमा इटहरीका संगम गिरी र सन्देश रायमाझीको जोडीलाई २१–१९, २१–१६ को सोझो सेटमा हरायो ।
भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडीले कास्कीका प्रेमकुमार गुरुङ र शम्भु श्रेष्ठको जोडीलाई २१–९, १३–२१, २१–१२ को सेटमा हराएर स्वर्ण जित्यो ।
विजेतालाई ललितपुर महानगरपालिका–१४ का अध्यक्ष अमृतजंग महत, नखिपोट ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राई, आयोजक नखिपोट युथ क्लबका अध्यक्ष इन्द्रजित आङबुहाङ लिम्बू, संयोजक वसन्त राईलगायतले पुरस्कृत गरे । सबै स्पर्धाका पदक विजेताले नगद पुरस्कार पाए ।
