न्युकासललाई हराउन लिभरपुललाई सजिलो

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Liverpool will have an easy time beating Newcastle

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ ।

एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे ।

यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो ।

यस्तै चेल्सीले वेस्ट ह्यामलाई ३–२ ले हराएर ४० अंकमा चौथो स्थानमा रह्यो । अन्य खेलमा बर्नमाउथले उल्भ्सलाई २–० ले हरायो भने ब्राइटन र एभरटनले १–१ को बराबरी खेले ।

कान्तिपुर संवाददाता

Link copied successfully