बास्केटबलमा भ्याली पब्लिक र फेरिल्यान्ड विजयी

आयोजक ज्ञान संस्कार स्कुलको कोर्टमा भ्याली पब्लिकले काठमाडौं भ्यालीलाई १८–११ स्कोरले पराजित गर्‍यो । भ्यालीकी सोनीमाया तामाङले ९ स्कोर जोडिन् । फेरिल्यान्डले निस्टलाई २४–१३ ले हरायो ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

Valley Public and Ferryland win in basketball

काठमाडौँ — भ्याली पब्लिक र फेरिल्यान्ड स्कुलले दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा जित पाएका छन् ।

आयोजक ज्ञान संस्कार स्कुलको कोर्टमा भ्याली पब्लिकले काठमाडौं भ्यालीलाई १८–११ स्कोरले पराजित गर्‍यो । भ्यालीकी सोनीमाया तामाङले ९ स्कोर जोडिन् । फेरिल्यान्डले निस्टलाई २४–१३ ले हरायो ।

फेरिल्यान्डकी रोमिका गौतमले १६ स्कोर गरिन् । दोहोरो जित निकालेको फेरिल्यान्डले अर्को खेलमा तेजस्वी एकेडेमीलाई २५–१७ ले हरायो । विजेताकी सन्दीपा राईले ९ स्कोर बटुलिन् ।

गर्ल्समै क्यानभास वसन्तऋतुले किङडमलाई २५–१७, बौद्ध चिल्ड्रेन हेभेनले प्रारम्भ वर्ल्डलाई ५५–४५, निस्टले टीआईएलाई २४–१७ र टीआईएले तेजस्वीलाई २१–१६ ले पन्छाए ।

क्यानभासकी सायाका नेपालीले ७, बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १६, निस्टकी स्निग्दा दाहालले १४ र टीआईएकी शुभश्रीले ८ स्कोर गरे ।

ब्वाइजमा भ्याली पब्लिकले पारामाउन्ट एकेडेमीलाई ४०–३५ तथा न्युटनले ग्रिनल्यान्डलाई ३८–३३ ले पराजित गरे । भ्याली पब्लिकका रियान शेरचनले २१ तथा न्युटनका सविन राईले १६ स्कोर जोडे ।

कान्तिपुर

Link copied successfully