‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट’को ग्रस उपाधि राईलाई

प्रतियोगितामा कोशी प्रदेशसहित काठमाडौं, पोखरा लगायत यूके, सिंगापुर र यूएईबाट आएका गरी १ सय ३० भन्दा बढी एमेच्योर गल्फ खेलाडीको सहभागिता थियो ।

माघ १७, २०८२

एलिना राई

Rai wins the grand prize of the 'Chivas Eastern Golf Tournament'

What you should know

धरान — कोशी प्रदेश गल्फ संघको आयोजना तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन्।

शुक्रबार र शनिबार धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा जितेन्द्र राईले उत्कृष्ट प्रदर्शन गर्दै ग्रसतर्फको उपाधि हात पारेका हुन् । ग्रसतर्फको उपविजेता पदम हाङ लिम्बू भएका छन् ।

यस्तै, प्रतियागितामा नेटतर्फको प्रतिस्पर्धामा सोम गुरुङ पहिलो, भुवन घिमिरे दोस्रो र प्रतापजंग थापा तेस्रो भएका छन् ।

महिलातर्फ ग्रस विधामा सम्झना खत्रीले उपाधि जितिन् भने नेटतर्फ जान्वी गुरुङ पहिलो भइन् । महिलातर्फकै नेट विधामा विना सापकोटाले दोस्रो स्थान हात पारिन् ।

यसैगरी, प्रतियागिताको सिनियर स्पर्धाअन्तर्गत गणेश जिमी विजेता बने भने तुलसीराम लिम्बू उपविजेता भए।

हृयाण्डिक्याप स्पर्धातर्फ होल १ देखि ८ सम्मको प्रतिस्पर्धामा सिद्धान्त सापकोटा पहिलो, अशोक सिंह दोस्रो र श्याम लिम्बू तेस्रो भए । त्यस्तै हृयाण्डिक्यापअन्तर्गतकै होल ९ देखि १६ तर्फ कृष्ण पुन पहिलो हुँदा हिरण प्रधान दोस्रो र श्याम तामाङ तेस्रो स्थानमा रहे ।

प्रतियोगिताका विशेष विधातर्फ लङ्गेस्ट ड्राइभ प्रदीप सारडा, नियरेस्ट टु द पिन दिपेन्द्र राई, स्ट्रेट टु द लाइन दिपक मगर तथा मोस्ट बर्डिज राम तामाङ विजेता बनेका छन् ।

प्रतियोगिताका विजेतालाई इटहरीस्थित होटल रामाडामा आयोजित पुरस्कार वितरण समारोहमा कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गरका छन् ।

कोशी प्रदेश गल्फ संघका अध्यक्ष प्याकुरेलका अनुसार प्रतियोगितामा कोशी प्रदेशसहित काठमाडौं, पोखरा लगायत यूके, सिंगापुर र यूएईबाट आएका गरी १ सय ३० भन्दा बढी एमेच्योर गल्फ खेलाडीको सहभागिता रहेको थियो ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully