गोर्खा समिष्ट्रिज ट्रष्ट नेपालले यसै वर्षदेखि खेलाडीलाई हङकङमा आयोजना हुने गोर्खा ट्रेल ब्लेजरमा सहभागी गराउन थालेको हो ।
पाँचथर — पाँचथरकी पुष्पा शेर्मा लिम्बूले हङकङमा आयोजित सातौं संस्करणको गोर्खा ट्रेल ब्लेजरको उपाधि जितेकी छन् ।
१२ किलोमिटर दुरीको दौड १ घण्टा २ मिनेटमा पार गर्दै पुष्पाले उपाधि जितेकी हुन्। धावक शेर्मा जिल्ला एथलेटिक्स संघ पाँचथरकी जिल्ला सदस्य पनि हुन्।
यस्तै पुरुष तर्फको उपाधि तेह्रथुमका सरोज लिम्बूले जितेका छन् । उनले गत वर्ष हङकङका धावकले ५७ मिनेटमा दुरी पार गर्दै बनाएको रेकर्ड ४७ मिनेटमै तोडेर उपाधि जित्न सफल भएका हुन्।
गोर्खा समिष्ट्रिज ट्रष्ट नेपालले यसै वर्षदेखि खेलाडीलाई हङकङमा आयोजना हुने गोर्खा ट्रेल ब्लेजरमा सहभागी गराउन थालेको हो । सहभागी भएको पहिलो वर्ष नै पुष्पा र सरोजले १२ किलोमिटर दुरीको उपाधि जितेका हुन् । प्रतियोगितामा २७ देशका चार सय बढी धावकको सहभागिता थियो ।
