प्रतियोगितामा ११ स्वर्ण, १० रजत र ३ कास्य पदकका साथ मणिलेक माध्यमिक विद्यालय काँडा पहिलो भएको हो ।
बैतडी — मेलौलीमा नगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड यो वर्ष मणिले मावि काँडाले हात पारेको छ ।
छैटौं नगरपाालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ११ स्वर्ण, १० रजत र ३ कास्य पदकका साथ मणिलेक माध्यमिक विद्यालय काँडा पहिलो भएको हो ।
७ स्वर्ण, ७ रजत, ३ कास्यपदक जित्दै विशालपुर माध्यमिक विद्यालय द्वित्तीय र ४ स्वर्ण, शून्य रजत र १ कास्यपदक जित्दै भरतपुर माध्यमिक विद्यालय गाउँकोट तृतीय भएको नगरप्रमुख भिमबहादुर चन्दले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाभित्रका १२ विद्यालयले सहभागिता जनाएको थियो । स्थानीयस्तरमा सञ्चालन हुने यस्ता खेलकुदका कार्यक्रमले नगपालिकाभित्र राम्रा खेलाडी उत्पादन गर्दै जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको लागि पनि छनोट गर्न सहयोग पुग्ने पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
