आयोजक क्याम्ब्रिज पब्लिक हाइस्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्यो ।
काठमाडौँ — गेटवे एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
आयोजक क्याम्ब्रिज पब्लिक हाइस्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समय २–२ गोलको बराबरीमा टुंगिएको थियो । गेटवेले ३० हजार र नेक्ससले २० हजार पुरस्कार हात पारे ।
पिस प्वाइन्टले अवेरनेस एकेडेमीलाई ५–१ गोलले हराएर तेस्रो भयो । पिस प्वाइन्टले १० हजार पुरस्कार पायो । गेटवेका अनुप तामाङ उत्कृष्ट खेलाडी र गेटवेकै सौगात कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । पिस प्वाइन्टका सुरज रेग्मी सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई नेपाल प्रहरीका पूर्व महानिरीक्षक धीरजप्रताप सिंह, नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की, राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगर, क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहाललगायतले पुरस्कृत गरे ।
दुईदिने प्रतियोगितामा २१ टिमले लिगकम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
