भ्याली पब्लिक छात्रा बास्केटबल च्याम्पियन

काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Valley Public Girls Basketball Champion

What you should know

काठमाडौँ — भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २१–१९ को झिनो अन्तरले हरायो । भ्याली पब्लिककी दृश्य गुरुङले ७ स्कोर गरिन् ।

केभीकेएसएस ‘ए’ ले ल्यान्डमार्क एकेडेमीलाई २८–२० ले हराएर तेस्रो भयो । केभीकेएसएस ‘ए’ की खुशी मिटोकले १३ स्कोर जोडिन् ।

Valley Public Girls Basketball Champion

भ्यालीकी सेलिना गुरुङ मोस्ट भ्यालुएबल प्लेयर, ईबीएकी सन्जिला मगर उत्कृष्ट थ्री प्वाइन्टर र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।

काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो ।

विजेतालाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले पुरस्कृत गरे । राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी गुरुङ तथा सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो ।  

कान्तिपुर संवाददाता

Link copied successfully