प्रतियोगिताको दोस्रो दिनको क्वाटरफाइनल खेलमा आज सलहेश युवा क्लब सिरहाले दमक फुटबल एकेडेमी झापालाई १ गोलको विरुद्ध ४ गोल गर्दै जित हात पारेको छ ।
उदयपुर — उदयपुरको बसाहामा सञ्चालित नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको क्वाटरफाइनल खेलमा आज सलहेश युवा क्लब सिरहाले दमक फुटबल एकेडेमी झापालाई १ गोलको विरुद्ध ४ गोल गर्दै जित हात पारेको छ ।
खेलको सुरु एक मिनेटमै सलहेशका जर्सी नम्बर १० का बिकी चाम्लिङ राईले पहिलो गोल गरेका थिए । १८
औँ मिनेटमा जर्सी नम्बर १५ का विदेशी खेलाडी पेपेले गोल गरेका थिए । ५० मिनेटमा जर्सी नम्बर ११ का सुनिल खड्का र ५७ मिनेटमा जर्सी नम्बर ९ का राजेश दाहालले गोल गरेका थिए ।
दमक फुटबल एकेडेमीको तर्फबाट २३ मिनेटमा जर्सी नम्बर १६ का किस्मत लिम्बूले मात्र एक गोल गरेका थिए । त्यसपछिको सबै प्रयास विफल भएपछि झापाले एक गोलमै चित्त बुझाउनु पर्यो भने चार गोलको फराकिलो अन्तरमा सिराहा जितमा अगाडि बढेको छ ।
भोलिको खेल न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र नेपाल खेलकुद क्लब रौतहटबीच हुनेछ । आजको म्यान अफ दि म्याच सलहेशका असिम राई भएका छन् । उनी ५ हजार नगद र ट्रफीबाट पुरस्कृत भए ।
