फेरिल्यान्ड कपमा आयोजक र एन्जल्स हार्ट विजेता

बूढानीलकण्ठ नगरपालिका–१० स्थित घरेलु कोर्टमा फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई ३०–२५ स्कोरले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । फेरिल्यान्डका सन्दीपा राईले १० स्कोर गरिन् । फेरिल्यान्ड ‘बी’ तेस्रो भयो ।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

Hosts and Angels Hearts winners of the Fairyland Cup

काठमाडौँ — डिफेन्डिङ च्याम्पियन आयोजक फेरिल्यान्ड स्कुल ‘ए’ र एन्जल्स हार्ट शुक्रबार सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । फेरिल्यान्ड जुनियर गर्ल्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बूढानीलकण्ठ नगरपालिका–१० स्थित घरेलु कोर्टमा फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई ३०–२५ स्कोरले पराजित गर्दै उपाधि रक्षा गर्‍यो । फेरिल्यान्डका सन्दीपा राईले १० स्कोर गरिन् । फेरिल्यान्ड ‘बी’ तेस्रो भयो ।

जुनियर ब्वाइजको उपाधि भिडन्तमा सौरभ श्रेष्ठको ८ स्कोरमा एन्जल्स हार्टले जेबी स्कुललाई २०–१६ ले हरायो । फेरिल्यान्ड तेस्रो स्थानमा रह्यो ।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सौरभ र सन्दीपा आ–आफ्नो विधामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । जुनियर ब्वाइजमा फेरिल्यान्डका मिङमार तामाङ र जुनियर गर्ल्समा भ्याली पब्लिककी सोनीमाया तामाङ उत्कृष्ट थ्री प्वाइन्टर चुनिए । जुनियर ब्वाइजमा जेबी स्कुलका हरि मगर र जुनियर गर्ल्समा फेरिल्यान्डकी करुणा बोगटी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए), जुनियर गर्ल्समा हिमशिलाले अनुशासित टिमको ट्रफी जित्यो । जुनियर ब्वाइजमा ज्ञानभूमि र जुनियर गर्ल्समा न्युटन ‘इमर्जिङ टिम’ चुनिए ।

विजेतालाई बूढानीलकण्ठ नगरपालिका वडा १० का अध्यक्ष नवराज भट्टराई, फेरिल्यान्डका निर्देशकद्वय विनोद अधिकारी र राजेन्द्र देवकोटालगायतले पुरस्कृत गरे ।

Hosts and Angels Hearts winners of the Fairyland Cup

कान्तिपुर संवाददाता

Link copied successfully