बीएमसीले पहिलो खेलमै जित पाएको हो भने सीईसी लगातार दोस्रो खेलमा पराजित भयो ।
What you should know
काठमाडौँ — भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बीएमसी) ले प्रधानमन्त्री कपको जिल्लास्तीय छनोट प्रतियोगितामा बिहीबार भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) लाई ४ विकेटले पराजित गरेको छ ।
बीएमसीले पहिलो खेलमै जित पाएको हो भने सीईसी लगातार दोस्रो खेलमा पराजित भयो । टस जितेको सीईसी मूलपानीको तल्लो मैदानमा ४१.४ ओभरमा १ सय ६८ रनमै अलआउट भयो । दोस्रो ओभरमै मनीष भण्डारीलाई सक्रियप्रताप कार्कीले आउट गरेर बीएमसीलाई हावी गराए ।
अर्का ओपनर करण एसकेले ४ रनमात्र बनाउन सके । पवनराज सिग्देल शून्य, सिर्जल धामी ९ रनमै आउट भए ।कप्तान शिवम तिवारीले सर्वाधिक ६८ रन बनाए ।
उनले ६२ बलमा ६ चौका र १ छक्का प्रहार गरे । इन्जामुल हक १३, दिनेशसिंह कुँवर र आशिष अधिकारी समान १२ तथा अरेश कुँवर ११ रनमा आउट भए । सीईसीका सन्देशजंग कार्कीले २४ रन खर्चेर ३, सक्रिय, सागर घिमिरे र भूपेन्द्र आचार्यले २–२ विकेट लिए ।
सन्देशलाई इनिङ्सको पहिलो बलमै हर्क रोकायाले बोल्ड गरे पनि बीएमसीले ३२.४ ओभरमा लक्ष्य पार गर्यो । सागरले सीईसीबाट सर्वाधिक ३८ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे । विशाल देवकोटाले ५ चौकासहित ३३ रन बनाए ।
अर्का ओपनर एवं कप्तान सौरभ साखकर्मीले २१ बलमा ३ चौका र १ छक्कासहित २० रन बनाए । सत्यम शाहले ५५ बलमा १७, महेश बोहराले १८ बलमा १६ रन बनाए । सक्रिय २ चौका र १ छक्कासहित १९ रनमा अविजित रहे । बीएमसीका हर्कले २, योगेन्द्र खड्का, शिवम र अंकित जोशीले १–१ विकेट लिए ।
