शिवम दुबेको आक्रामक पारीका बाबजुद भारतीय टिम न्युजिल्यान्डसँग ५० रनले पराजित 

शिवम दुबेले भने आक्रामक ब्याटिङ गर्दै मात्र २३ बलमा ६५ रनको शानदार पारी खेले ।

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Despite Shivam Dubey's aggressive innings, India lost to New Zealand by 50 runs

What you should know

काठमाडौँ — न्युजिल्यान्डले बुधबार चौथो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा भारतलाई ५० रनले पराजित गरेको छ । चौथो खेलमा पराजित भए पनि भारतले शृंखला भने ३–१ ले आफ्नो हातमा पारेको छ । 

यद्यपि पाँचौं खेल भने अझै बाँकी छ । चौथो खेलमा भारतले टस जित्दै पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गर्दै न्युजिल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २१५ रनको स्कोर खडा गर्‍यो । न्युजिल्यान्डको टप अर्डले आक्रामक शुरुवात दिलाएको थियो । 

डेभन कन्भेले २३ बलमा ४४ रन र टिम साइफर्टले ३६ बलमा ६२ रनको योगदान पहिलो पावर प्लेमै दिए । ९ ओभरमै न्युजिल्यान्डले १०० रन पूरा गरिसकेको थियो । 

भारतीय टिमले त्यसपछि मात्र कमब्याक गर्दै विकेट लिन सुरु गर्‍यो । कुलदीप यादवले ३९ खर्चिएर २ विकेट लिँदा अर्शदीप सिंहले पनि ३३ रन खर्चिँदै २ विकेट लिए । 

२१६ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको भारतीय टिमले सुरुवातमै अभिषेक शर्मा, कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्ड्यालाई गुमाउन पुग्यो । सञ्जु सैमसनले १५ बलमा २४ रन र रिंकु सिंहले ३० बलमा ३९ रनको पारी खेले । यस्तै शिवम दुवेले भने आक्रामक ब्याटिङ गर्दै मात्र २३ बलमा ६५ रनको शानदार पारी खेले । जसमा सात छक्का लगाए । 

ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रियमा सबैभन्दा भारतीय टिमबाट तीव्र अर्धशतक बनाउने तेस्रो ब्याटरको रेकर्डसमेत बनाएका छन् । तर महत्त्वपूर्ण समयमा न्युजिल्यान्डका बलरले विकेट निकालेपछि भारतीय टिम १८ दशमलव ४ ओभरमै १६५ रनमा अलआउट भयो । 

कान्तिपुर संवाददाता

Link copied successfully