क्याम्ब्रिज कप फुटसल सुरु

शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने छन्

माघ १५, २०८२

कान्तिपुर संवाददाता

Cambridge Cup Futsal begins

काठमाडौँ — क्याम्ब्रिज पब्लिक हाइस्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिता बिहीबार सुरु भएको छ । पहिलो दिन लिग चरणका २० खेल सम्पन्न भएसँगै प्रिक्वाटरफाइनल पुग्न सबै टोलीको टुंगो लागेको क्याम्ब्रिजकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले जानकारी गराइन् ।

नेक्सस, प्रस्फुटन, नोबल एकेडेमी, एआईए, गोल्डेनपिक, ग्यालेक्सी पब्लिक, जगत मन्दिर, बेबीलन, आयोजक क्याम्ब्रिज, रिभेरा एकेडेमी, ईपीएस, न्यु अरुणोदय, एलिक्सर एकेडेमी, पिस प्वाइन्ट, गेटवे एकेडेमी र ज्ञानमालाले प्रिक्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।

प्रतियोगिताको अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले उद्घाटन गरेका थिए ।

आयोजक क्याम्ब्रिजकै हातामा भइरहेको प्रतियोगितामा २१ टिमले भाग लिएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ३० हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने छ ।  

कान्तिपुर

Link copied successfully