प्रतियोगितामा ब्वाइजतर्फ २५ र गर्ल्समा १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
काठमाडौँ — ज्ञान संस्कार स्कुलको आयोजनामा दोस्रो ज्ञान संस्कर अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबार सुरु हुँदै छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २५ र गर्ल्समा १६ टिमको सहभागिता रहने ज्ञान संस्कारकी भाइस प्रिन्सिपल सानी महर्जनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने ज्ञान संस्कारकी प्रशासन प्रमुख लालिमा मालाकारले जानकारी दिइन् । विधागततर्फ मोस्ट भ्यालुएबल प्लेयर, सर्वाधिक स्कोरकर्ता र उत्कृष्ट ‘थ्री प्वाइन्टरलाई ट्रफीसहित पुरस्कृत गरिने छ ।
ज्ञान संस्कारका शिक्षक पुरु घिमिरेले प्रतियोगिताले विद्यालयस्तरका बास्केटबलप्रेमीमाझ विशेष उत्साह जगाउने विश्वास व्यक्त गरे । माघ २६ सम्म चल्ने लिगकम नकआउट प्रतियोगिताका खेल आयोजकको कोर्टमा खेलाइने छ ।