वादोरियो कराते टोली भारत जाने

जनवरी ३० देखि फेब्रुअरी १ सम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्ने छन् ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Wadorio Karate Team to India

काठमाडौँ — नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको विशाखापट्नम जाने भएको छ ।

जनवरी ३० देखि फेब्रुअरी १ सम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा श्वेता तारा गुरुङ सहभागी हुनेछन् । अफिसियलमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।

टोलीलाई सफलताको कामना गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार बिदाइ गरे । जनवरी ३० देखि फेब्रुअरी १ सम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशिर थापाले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा श्वेता तारा गुरुङ सहभागी हुनेछन् । अफिसियलमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।

टोलीलाई सफलताको कामना गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully