दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुनेछ ।
What you should know
काठमाडौँ — नेपाल सोतोकान कराते संघले शुक्रबारदेखि आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता गर्ने भएको छ ।
सोतोकान कराते संघको २८ औं वार्षिकोत्सवको अवसरमा मध्यपुर थिमि नगरपालिका–२ मा प्रतियोगिता हुन लागेको हो । दुईदिने प्रतियोगितामा काता र कुमुतेतर्फ क्याडेट, जुनियर, सिनियर र भेट्रानतर्फ प्रतिस्पर्धा हुनेछ ।
कुल ४९ जिल्लाबाट ५ सय खेलाडी छनोट गरी खेलाइने नेपाल सोतोकान कराते संघका अध्यक्ष हेमकुमार श्रेष्ठले बुधबार पत्रकार सम्मेलनमा जानकारी दिए । कुमुतेको मिनी सवजुनियर (५–९ वर्ष) तर्फ १५ केजीमुनि, २० केजीमुनि, २५ वर्षमुनि, ३० वर्षमुनि, ३५ वर्षमुनि र ३३ वर्षमुनि प्रतिस्पर्धा हुनेछन् । यसै उमेर समूहमा गर्ल्स र ब्वाइजको एकल कातामा पनि प्रतिस्पर्धा हुनेछ ।
सवजुनियर (१०–१२ वर्ष उमेर) काता र कुमितेमा पनि खेल हुनेछ । यसै उमेर समूहमा ब्वाइजमा खुलातर्फ कुमुते र एकल कातामा प्रतिस्पर्धा हुनेछ । क्याडेट (१३–१५ वर्ष) कुमुतेतर्फ गर्ल्समा ५ तौल र ब्वाइजमा ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । क्याडेटमा एकल काता (गर्ल्स र ब्वाइज) र खुला कुमितेमा प्रतिस्पर्धा हुनेछ ।
जुनियर कुमुते (१६–१८ वर्ष)तर्फ पुरुषमा ६ तौल समूह र महिलामा ५ तौल समूहमा प्रतिस्पर्धा गराइने छ । यसै उमेर समूहमा पुरुषतर्फ खुला कुमिते हुने आयोजकले जनाएको छ ।
सिनियर कुमिते (१९–४० वर्ष) महिलामा ६ तौल र पुरुषमा सात तौल समूहमा प्रतिस्पर्धा हुनेछ । भेट्रान (४० वर्षमाथि) एकल काता र कुमितेमा महिला र पुरुषमा प्रतिस्पर्धा हुनेछ । महिला टिम खुला र पुरुष टिम कातामा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा शीर्ष तीन स्थानमा रहने टोलीले ट्रफी प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट फाइटरलाई पनि ट्रफी प्रदान गरिनेछ ।
