प्रतियोगितामा आयोजकको एकसहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बाछिरि शेर्पाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
What you should know
काठमाडौँ — हेन्द्रज्योति पूर्व विद्यार्थी मञ्च, फराक (सोलुखुम्बु) को आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता माघ २४ देखि फागुन ३ सम्म हुने भएको छ ।
प्रतियोगितामा आयोजकको एकसहित ८ टिमको सहभागिता रहने आयोजक मञ्चका महासचिव पेम्बाछिरि शेर्पाले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराए ।
सहभागी टिममा आयोजक महेन्द्रज्योति, नाम्चे युथ ग्रुप, खुम्जुङ युथ ग्रुप, खुन्दे कम्युनिटी क्लब, ठमिछोवा फुटबल क्लब थामे, अमादब्लाम युथ ग्रुप पाङ्बोचे, खुम्बु याङबु शेर्पा समाज र खुम्बु युनाइटेड रहेका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।
शेर्पा समुदायको प्रमुख पर्व ल्होसार (नयाँ वर्ष) में त लो २१५३ को अवसरमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक मञ्चका उपाध्यक्ष फुरी शेर्पाले जानकारी गराए । विधागत उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।
आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिताले खुम्बु पासाङ ल्हामु गाउँपालिकाभित्रका समुदायलाई फुटबलमार्फत एकताबद्ध गर्न महŒवपूर्ण भूमिका खेलेको बताउँदै ल्होसार पर्व र फुटबल प्रतियोगिता युवा र समुदायलाई जोड्ने साझा उत्सवका रूपमा स्थापित भइसकेको बताए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रालि, सह–प्रायोजकमा हेली एभरेस्ट प्रालि र खुम्बु पासाङ गाउँपालिका रहेका छन् भने विभिन्न संस्थाले पनि सहयोग गर्ने महासचिव शेर्पाले बताए । खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा खेलाइने छ ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोबास गरिरहेका शेर्पा युवाहरूले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ देखि ल्होसारको अवसरमा यस फुटबल प्रतियोगिता सुरु गरेका थिए । खेलकुदमार्फत खुम्बु क्षेत्रको पयर्टन प्रवद्र्धनमा टेवा पुग्ने उद्देश्य पनि प्रतियोगिताको रहेको छ ।
