बीएनएले ज्ञान संस्कारलाई २०–१६ ले पराजित गर्यो । बीएनएका आयुश गौतमले ६ स्कोर गरे । भक्ति माविले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित गर्दा आदिप श्रेष्ठले ८ स्कोर गरे ।
काठमाडौँ — बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र भक्ति मावि मंगलबार सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा पुगेका छन् ।
बीएनएले ज्ञान संस्कारलाई २०–१६ ले पराजित गर्यो । बीएनएका आयुश गौतमले ६ स्कोर गरे । भक्ति माविले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित गर्दा आदिप श्रेष्ठले ८ स्कोर गरे ।
जुनियर ब्वाइजमै ज्ञानभूमिले न्युटनलाई २२–१६ र हिमशिलाले बीएमसीएलाई २१–२० ले हरायो । ज्ञानभूमिका जेनिश भुसालले ७ र हिमशिलाका रेमोन कार्कीले ६ स्कोर जोडे ।
क्वाटरफाइनलमा ज्ञानभूमि र भक्ति, एन्जल्स हार्ट र हिमशिला, जेबी र गोल्डेनपिक तथा फेरिल्यान्ड र बीएनएबीच प्रतिस्पर्धा हुनेछ ।
जुनियर गर्ल्समा आयोजक फेरिल्यान्ड स्कुल ‘बी’ ले एनसीसीएसलाई २५–१७, भ्याली पब्लिकले सेन्ट जोसेफलाई २३–१८, बीएनएले मन्जरीलाई १८–१५ र क्यानभास वसन्त ऋतुले भक्तिलाई २३–२१ स्कोरले हराएर क्वाटरफाइनल सुरक्षित गरे । फेरिल्यान्ड ‘बी’ की सायाना माझीले ८, भ्याली पब्लिककी आकृति बमले ९, बीएनएकी आङ्छेन शेर्पाले ६ र क्यानभासकी सोनिया तामाङले ७ स्कोर गरे ।
फेरिल्यान्ड ‘ए’ ले जेबी, न्युटनले हिमशिला, क्यानभासले भ्याली पब्लिक र फेरिल्यान्ड ‘बी’ ले बीएनएविरुद्ध क्वाटरफाइनल खेल्नेछन् ।
