युनाइटेड ३८ अंक हात पारेर चौथो स्थानमा पुगेको छ ।
काठमाडौँ — म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई ३–२ ले पराजित गरेपछि उपाधि होड खुल्ला भएको छ । आफ्नो घरमा आर्सनलको यो सिजनकै पहिलो हार पनि हो ।
खेलको ८७ औं मिनेटमा युनाइटेडका लागि म्याथ्येस कुन्हाले निर्णायक गोल गरे । यो नतिजाले शीर्षमा आर्सनलको अग्रता चार अंकमै सीमित रह्यो । उसको ५० अंक छ । म्यानचेस्टर सिटी र एस्टन भिल्ला उसको पछाडि ४६ अंकमा छन् ।
त्यस अगाडि भिल्लाले न्युकासल युनाइटेडलाई २–० ले हराएको थियो । यस्तै चेल्सी क्रिस्टल प्यालेसमाथि ३–१ ले विजयी रहेको थियो । युनाइटेड आफै ३८ अंकमा चौथो स्थानमा पुगेको छ ।
