रुपेश र लक्ष्मीलाई दौड उपाधि

अन्तर्राष्ट्रिय भन्सार दिवसका आयोजित ४ किलोमिटर दौडमा एपीएफका रुपेश कार्की र महिलातर्फ आर्मीकी लक्ष्मी खड्का प्रथम भएका छन् ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Rupesh and Lakshmi win race title

काठमाडौँ — एपीएफ क्लबका रुपेश कार्कीले ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड जितेका छन् । रुपेशले १५.३१ मिनेटमा दुरी पार गर्दै प्रथम भएका हुन् ।

त्रिभुवन आर्मी क्लबका राजीव कुमार नेपालले १८.२० मिनेटमा दुरी पार गर्दे दोस्रो तथा नेपाल आर्मीकै सञ्जीव माझीले १८.२२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे ।  

महिलातर्फ आर्मीकी लक्ष्मी खड्काले २२.२९ मा दुरी पार गर्दै प्रथम, एपीएफकी ताराकुमारी गिरीले २३.२५ मा दुरी पार गर्दै दोस्रो र रीता खड्काले २५.०२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हात पारिन् ।

Rupesh and Lakshmi win race title

भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै त्रिवि भन्सार कार्यालय पुगेर दौड टुंगिएको थियो । सेना, ससस्त्र, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फरवार्डर्स एसोसिससन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेल तथा नेपाल कुरियर सेवा संघ काठमाडौंका सहित १ सय ५० जना प्रतियोगी थिए ।  

विजयीलाई अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा माघ १२ गते त्रिवि भन्सार कार्यालयमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले जानकारी गराए । पहिलोदेखि तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार पाउनेछन् । 

कान्तिपुर

Link copied successfully