दौडमा रुपेश र लक्ष्मी विजयी

आर्मीका राजीवकुमार नेपालले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र सन्जिव माझीले १८ मिनेट २२ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे ।

माघ १०, २०८२

कास

Rupesh and Lakshmi win in the race

काठमाडौँ — ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शनिबार भएको ४ किलोमिटर दौड प्रतियोगितामा प्रतियोगितामा पुरुषतर्फ एपीएफका रुपेश कार्की १५ मिनेट ३१ सेकेन्डमा दुरी पार गर्दै विजेता बनेका छन् ।

आर्मीका राजीवकुमार नेपालले १८ मिनेट २० सेकेन्डबाट दोस्रो र सन्जिव माझीले १८ मिनेट २२ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे । महिलातर्फ आर्मीकी लक्ष्मी खड्काले २२ मिनेट २९ सेकेन्डबाट पहिलो, एपीएफका ताराकुमारी गिरीले २३ मिनेट २५ सेकेन्डबाट दोस्रो र रीता खड्काले २५ मिनेट ०२ सेकेन्डबाट तेस्रो स्थान हासिल गरे ।

त्रिपुरेश्वरस्थित भन्सार विभागबाट सुरु दौड थापाथली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै सोही स्थाननमा आएर दौड टुंगिएको थियो । सेना, सशस्त्र प्रहरी, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फरवार्डरस एसोसिससन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेल तथा नेपाल कुरियर सेवा संघका गरी १ सय ५० प्रतियोगीको सहभागिता थियो । 

Rupesh and Lakshmi win in the race

विजेतालाई जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा हुने विशेष समारोहमा नगद पुरस्कारसहित पुरस्कृत गरिने  नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले जानकारी गराए । विजेताले २५ हजार, दोस्रो १५ हजार र तेस्रो हुनेलाई १० हजार पाउनेछन् । प्रतियोगिताको उदघाटन त्रिवि भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीले गरेका थिए । 

Rupesh and Lakshmi win in the race

कास

Link copied successfully