राष्ट्रिय लिगमा मछिन्द्रको तेस्रो जित

शनिबारकै अर्को खेलमा त्रिभुवन आर्मीले चित्लाङ एफसीमाथि ५–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो । आर्मी तेस्रो स्थानमा रह्यो ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

Machhindra's third win in the National League

काठमाडौँ — मछिन्द्र एफसीले शनिबार राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । लालीगुराँससँगै मछिन्द्र सुरुआती तीन खेलबाट ९ अंक बटुलेको छ ।

त्यसमध्ये गोल अन्तरले लालीगुराँस नै शीर्षस्थानमा रहेको छ । शनिबारकै अर्को खेलमा त्रिभुवन आर्मीले चित्लाङ एफसीमाथि ५–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो । आर्मी तेस्रो स्थानमा रह्यो ।  

दशरथ रंगशालामा भएको पहिलो खेलमा मछिन्द्रले प्लानिङ ब्वाइजलाई २–० ले हराएको हो । त्यसमा सौरभ लिम्बूले ४१ औं मिनेटमा पहिलो गोल गरेपछि जोनाथन एडुवार्डोले ७४ औं मिनेटमा दोस्रो गोल थपे । प्लानिङ ब्वाइजको यो लिगमा पहिलो हार हो । प्लानिङ ४ अंकमा सीमित रह्यो ।

दोस्रो खेलमा चित्लाङले म्याथ्यु बाबाटुन्डेको गोलको सहयोगमा २६ औं मिनेटमा अग्रता लिएको थियो । चित्लाङले त्यसलाई कायम राख्न सकेन र आर्मीले उत्कृष्ट पुनरागमन रच्यो । आर्मीबाट दिनेश हेम्जनले दुई गोल गरे । उनले ४० र ८२ औं मिनेटमा गोल गरेका हुन् । हेम्जनको पहिलो गोलले खेल बराबरीमा आएपछि नवयुग श्रेष्ठले आर्मीबाट दोस्रो गोल गरे र आर्मीलाई पहिलो पटक अग्रता दिलाए । नवीन लामाले ६३ औं मिनेटमा तेस्रो गोल गरे । खेलको ८५ औं मिनेटमा सम्भव अन्तिम गोल भने आत्मघाती रह्यो । यो गोल नरेन्द्र चौधरीको नाममा रह्यो । 

Machhindra's third win in the National League

कान्तिपुर संवाददाता

Link copied successfully