केभीकेएसएस बास्केटबल अर्को साता

प्रतियोगितामा आयोजकका ३ सहित १६ टिम सहभागी हुने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

माघ ९, २०८२

कान्तिपुर संवाददाता

KVKSS Basketball next week

काठमाडौँ — काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा आयोजकका ३ सहित १६ टिम सहभागी हुने केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराइन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ ।

कक्षा ९ सम्म अध्ययनरतले सहभागी हुन पाउने केभीकेएसएसका बास्केटबल प्रशिक्षक दिपेश कार्कीले जानकारी दिए । समूह ‘ए’ मा केभीकेएसएस ‘ए’, तेजस्वी एकेडेमी, पारामाउन्ट एकेडेमी र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तथा समूह ‘बी’ मा भ्याली पब्लिक, ल्यान्डमार्क एकेडेमी, ग्रिनल्यान्ड र हिमशिला छन् ।

काठमाडौं युरो, इडेन ब्रिज एकेडेमी (ईबीए), केभीकेएसएस ‘सी’ र जेबी स्कुल समूह ‘सी’ तथा केभीकेएसएस ‘बी’, राई स्कुल, ज्ञानोदय र ह्वाइट हेभेन समूह ‘डी’ मा छन् ।

आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुनेछ । माघ १७ सम्म चल्ने प्रतियोगिताका खेल आयोजकको कोर्टमा खेलाइने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully