एपीएफ हाबी

एपीएफले सहिद स्मारक लिग ‘ए’ डिभिजन च्याम्पियनविरुद्ध सावधानीपूर्वक ‘काउन्टर’ आक्रमणमा जोड दिएर खेलेको थियो ।

माघ ९, २०८२

हिमेश

APF Habi

What you should know

काठमाडौँ — राष्ट्रिय लिग फुटबलमा बिहीबार एपीएफसामु चर्च ब्वाइज जसरी ठूलै अन्तरले पराजित रह्यो । त्यसले भन्छ, यो त हारेको टिमको आत्मसमर्पण जस्तै रह्यो ।

चर्च ब्वाइजको टिम हेर्दा लाग्छ, यो त नेपाली घरेलु फुटबलमा यत्तिको टिम पाउन गाह्रै हुन्छ । यही टिमविरुद्ध एपीएफको प्रदर्शन रणनीतिक रूपमा अब्बल रह्यो । एपीएफले सहिद स्मारक लिग ‘ए’ डिभिजन च्याम्पियनविरुद्ध सावधानीपूर्वक ‘काउन्टर’ आक्रमणमा जोड दिएर खेलेको थियो । 

चर्च ब्वाइजको मिडफिल्ड भने दोधारमा देखियो । च्यासल रंगशालामा भएको खेलमा एपीएफका लागि युवराज खड्काले दुई गोल गरे । उनले ६० र ७७ औं मिनेटमा गोल गरेका हुन् । त्यसअघि पहिलो हाफमा समराज थोकरले २२ औं र प्रदीप लामाले ३८ औं मिनेटमा गोल गरेका थिए । चर्च ब्वाइजबाट मिलन राईले ८२ औं मिनेटमा एक गोल फर्काए । एपीएफको यो लगातार दोस्रो जित हो । टोलीगँग ६ अंक भएको छ । चर्च ब्वाइज भने २ खेलबाट एक अंकमा सीमित रह्यो ।

यत्तिको जितपछि पनि एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले उपाधि होडमा आफ्नो टिम रहेको मान्न चाहेनन् । उनले भने, ‘अहिले पनि म भन्छु, हाम्रो लक्ष्य शीर्ष चार मात्र हो । आउने दिनमा टिमको प्रदर्शनमा सुधार हुने छ नै । तर अब अन्य टिमले पनि विस्तारै लय समात्ने छ ।’ 

अर्कोतर्फ चर्च ब्वाइजका सहायक प्रशिक्षक रमेश दंगालले माने, चर्च ब्वाइज अहिले काजगमै मात्र राम्रो देखिएको छ, टिमले विश्वास गरेका खेलाडीले खेल्नै सकिरहेका छैनन् । एपीएफका प्रशिक्षक तामाङले च्यासलको मैदानबारे पनि प्रश्न उठाए । लगभग घाँसविनाको यो मैदानकै कारण एपीएफका ६–७ खेलाडीलाई सामान्य चोट लागिसकेको छ । 

एनआरटीको सजिलो जित

पहिलो हाफको दुई गोलफ्रेरित एनआरटीले बिहीबार काँत्रेबिहारमाथि २–० को सजिलो जित हात पार्‍यो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि टिमोथी चिमेरीले दोस्रो मिनेटमै गोल गरे । त्यसपछि रणदीप पौडेलले ३५ औं मिनेटमा दोस्रो गोल थपे । यो जितपछि एनआरटीको ३ खेलबाट ६ अंक भएको छ । सुरुआती खेल गुमाएयता एनआरटीको यो लगातार दोस्रो जित हो ।

अर्कोतर्फ काँत्रेबिहारको यो लगातार तेस्रो हार हो । टिम अंकविहीन हुँदै पुछारमा छ । तीनै खेलमा गरेर टोलीले ९ गोल खाइसकेको छ । बिहीबार नै च्यासलमा भएको संकटा र फ्रेन्ड्सबीचको खेल निराशाजनक गोलरहित बराबरीमा टुंगिएको थियो । यो नतिजापछि संकटा ५ र फ्रेन्ड्स ४ अंकमा रह्यो ।

 एपीएफ: ४–१ चर्च ब्वाइज

एनआरटी २–० काँत्रेबिहार

संकटा ०–० फ्रेन्ड्स

हिमेश

Link copied successfully