फेरिल्यान्ड अन्तरस्कुल बास्केटबल आइतबारदेखि

प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गर्ल्समा १२–१२ टिमको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

Ferryland Interschool Basketball from Sunday

काठमाडौँ — फेरिल्यान्ड स्कुलको आयोजनामा दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा जुनियर ब्वाइज र जुनियर गर्ल्समा १२–१२ टिमको सहभागिता रहने बिहीबार पत्रकार सम्मेलनमा फेरिल्यान्डका प्रिन्सिपल विष्णुचन्द्र अधिकारीले जानकारी गराए । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ ।

जुनियर ब्वाइजको समूह ‘ए’ मा न्युटन, ज्ञानभूमि र गोल्डेनपिक तथा समूह ‘बी’ मा ज्ञान संस्कार, एन्जल्स हार्ट र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छन् । जेबी स्कुल, ग्रिनल्यान्ड र भक्तिसमूह ‘सी’ मा तथा फेरिल्यान्ड, बीएमसीए र हिमशिला समूह ‘डी’ मा छन् ।

सिनियर गर्ल्सको समूह ‘ए’ फेरिल्यान्ड ‘ए’, सेन्ट जोसेफ र भ्याली पब्लिक तथा समूह ‘बी’ मा न्युटन, बीएनए र मन्जरी छन् । लोयल्टी एकेडेमी, भक्तिसमूह र जेबी स्कुल समूह ‘सी’ तथा फेरिल्यान्ड ‘बी’, एनसीसीएस र हिमशिला समूह ‘डी’ मा छन् ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने फेरिल्यान्डका निर्देशक विनोद अधिकारीले बताए । जुनियर ब्वाइजमा किङडम हिमालयन र जुनियर गर्ल्समा फेरिल्यान्ड ‘ए’ डिफेन्डिङ च्याम्पियन हुन् ।

फेरिल्यान्डका बास्केटबल प्रशिक्षक नारायण खवासका अनुसार किङडम हिमालयन यसपटक सहभागी छैन । माघ १६ गतेसम्म चल्ने प्रतियोगिताका खेल आयोजककै कोर्टमा खेलाइने छ ।

कान्तिपुर संवाददाता

Link copied successfully