प्रभुराम राई पुरुष फुटबल प्रतियोगिता सुरु

खेलको उद्घाटन एन्फा महासचिव किरण राईले गरे ।

माघ ७, २०८२

डम्बरसिं राई

Prabhuram Rai Men's Football Tournament Begins

खोटाङ — प्रभुराम राई पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । खोटाङको बुइपास्थित यलम्बर रंगशालामा बुधबार प्रतियोगिता सुरु भएको हो । 

खेलको उद्घाटन एन्फा महासचिव किरण राईले गरे । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बुइपा-११ स्पोर्ट्स क्लबले ऐंसेलुखर्क गाउँपालिकालाई ४–० ले विजय सुरुवात गरेको छ । त्यस्तै माघ ८ गतेको पहिलो खेल खाराम्बु स्पोर्ट्स क्लब खार्मी र खोटाङ फुटबल एकेडेमी केफए, दोस्रो खेल नेर्पा स्पोर्ट्स क्लब र सिर्जना युवा क्लब धरान तथा तेस्रो खेल रणभीम गण मुढे र गछिया युवा क्लब मोरङबीच हुने आयोजकले जनाएको छ । उद्घाटन खेलको म्यान अफ द म्याच, बुइपा-११ स्पोर्ट्स क्लबका जर्सी नम्बर ११ का पविन राई घोषित भएका छन् । खेलमा १० टिम सहभागी भएका छन् । 

Prabhuram Rai Men's Football Tournament Begins

खेलका विजेताले तीन लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले एक लाख ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा सेमिफाइनलिष्ट दुई टिमले ५०–५० हजार नगद पाउने जिल्ला फुटबल संघ खोटाङका कोषाध्यक्ष रोसन राईले जनाएका छन् । 

विधागत पुरस्कारअन्तर्गत उत्कृष्ट खेलाडीले ३० हजारसहित मेडल र प्रमाणपत्र पाउने छ । खेलको बेष्ट कोच, बेष्ट गोल्ड किपर, बेष्ट मिड फिल्डर, बेष्ट डिफेण्डर, बेस्ट स्ट्राइकरले जनही १५ हजार नगदसहित मेडल र प्रमाणपत्र पाउने छन् । म्यान अफ द म्याचले दुई हजार ५ सयसहित मेडल र प्रमाणपत्र पाउने राईले बताएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully