गढीमाई प्रिमियर लिग : टेढा टाइगर फाइनलमा

बिहीबार दोस्रो सेमिफाइनल अठराहा टाइगर्स र गढीमाई वारियर्सबीच हुनेछ ।

माघ ७, २०८२

शंकर आचार्य

Gadhimai Premier League: Tedha Tiger in the final

पर्सा — वीरगन्जको हरपतगन्जमा सन्चालित गढीमाई प्रिमियर लिग टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनलमा १ सय १९ रनको फराकिलो अन्तरले हरपतगन्ज युथ किंग्सलाई पराजित गर्दै टेढा टाइगरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

टस जितेर पहिले व्याटिङ गरेको टेढा टाइगरले  २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८५ रनको विशाल योगफल तयार गरेको थियो । उसका लोकेश पटेलले ४५ र दिलीप सिंहले २९ रनको उल्लेखनीय योगदान गरे ।

हरपतगन्ज युथ किंग्सका बलरहरू रामप्रवेश मण्डलले तीन र संजीव यादवले दुई विकेट हात पारे । जवाफी व्याटिङ गर्न मैदानमा उत्रिएको  हरपतगन्ज युथ किंग्स टेढा टाइगर्सका बलरका अगाडि निरीह देखियो । १६ ओभर ४ बलमा हरपतगन्जका सबै खेलाडी ६६ रन मात्र जुटाई आउट हुन पुगे । उसका आरिफ शेखले  सर्वाधिक २१ र अभिषेक सिंहले १३ रनको योगदान गरे ।

टेढा टाइगर्सका बलरहरू अलिराजले चार र अल्ताफ अन्सारीले दुई विकेट बाँडेका थिए । टेढा टाइगर्सका लोकेश पटेल ‘म्यान अफ द म्याच’ घोषित भए । बिहीबार दोस्रो सेमिफाइनल अठराहा टाइगर्स र गढीमाई वारियर्सबीच हुनेछ । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully